यो समाचार तयार पार्दासम्म तीन जनाको मृत्यु भएको छ । ४० जना घाइते छन् । प्रहरी प्रभाग सााँखुका अनुसार विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।
दुर्घटनापछि सिंगो विद्यालय परिवार नै शोकमा डुबेको छ ।संक्षिप्त कुराकानीमा जोडिएका प्रिन्सिपल मरिचमान लिम्बु बोल्न सक्ने अवस्थामा थिएनन् ।‘केही बोल्न सक्ने अवस्था छैन । नसोचेको घटना भयो,’ उनले भावुक हुँदै सुनाए ।
अभिभावकहरूले प्रिन्सिपल लिम्बुलाई फोन गरेर आफ्नो बालबालिकाको स्थितिबारे जानकारी लिइरहेका छन् ।