Connect with us
Kapilvast Forest

रेडियो मायादेवीका अध्यक्ष कृष्ण कुवंरद्वारा विद्यालयको अक्षयकोषमा १० लाख रुपैयाँ सहयोग

२०८१, १ फाल्गुन बिहीबारमा प्रकाशित

कपिलवस्तु
कपिलवस्तुको सामुदायिक रेडियो मायादेवीका अध्यक्ष कृष्ण बहादुर कुवंरको परिवारले अक्षयकोषमा १० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । कुवंरले आफ्नी आमा उजेली कुवंरको चौरासी पूजाको अवसरमा ‘श्री बाणगंगा माध्यमिक विद्यालय जगेहडा कपिलवस्तु अक्षयकोष २०८० सिद्धिपुर’ नामक अक्षयकोषका लागि उक्त रकम बराबरको चेक विद्यालयलाई प्रदान गर्नु भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका कृष्ण कुवंरले १० लाख रुपैयाँ बराबरको सहयोग अक्षयकोषमा प्रदान गर्नुभएको हो । उक्त रकम बराबरको चेक पूर्व मन्त्री चक्रपाणी खनाल ‘बलदेव’, पूर्व मन्त्री सुर्दशन बराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुवंरले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका सदस्य हरीप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभएको थियो ।

यसअघि विद्यालयमा स्थापना गरिएको अक्षयकोषको रकम १ करोड रुपैयाँ पुर्याउने लक्ष्यका साथ कृष्ण कुवंरले आफ्नी माताको चौरासी पूजाको अवसरमा थप सहयोग गर्नु भएको हो । अक्षयकोष स्थापनाले विद्यालयको वृत्ति विकाससँगै आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूलाई पठनपाठनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद भण्डारीले अक्षयकोषको रकम विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधारका साथै विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न महत्त्वपूर्ण रहने बताउँदै, सहयोगका लागि कृष्ण कुवंर तथा उहाँको परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न टेवा पुग्ने उद्देश्यका साथ स्थापना गरिएको अक्षयकोष भविष्यमा पनि निरन्तर वृद्धि गर्दै लगिने विद्यालय प्रशासनले जनाएको छ ।

कृष्ण कुवंरको परिवार यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको छ । समाजसेवा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको कुवंर परिवारले यस पटक विद्यालयमा सहयोग गर्न पाउँदा गर्व महसुस गरेको बताएको छ । विशेष गरी आफ्नी माता उजेली कुवंरको नाममा अक्षयकोषमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको छोरा कृष्ण कुवंरले बताए ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाहरूले समेत कुवंर परिवारको यस योगदानको उच्च प्रशंसा गरेका छन् । अक्षयकोष स्थापनाले आगामी दिनमा विद्यालयको शैक्षिक स्तरमा सकारात्मक प्रभाव पार्नेे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu