Connect with us
Kapilvast Forest

रुपन्देहीमा आमाको हत्या आरोपमा छोरा पक्राउ

२०८१, १ फाल्गुन बिहीबारमा प्रकाशित

रुपन्देही

रुपन्देहीमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् ।जिल्लाको कञ्चन गाउँपालिका वडा नं १ सुन्दर टोलकी ४५ वर्षीया आमा पार्वती परियारको छोरा २० वर्षीय सरोज परियारले हँसिया प्रहार गरी हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय पण्डितका अनुसार बुधबार राति करिब १ बजेको समयमा सरोजले आमा पार्वतीको हात र अनुहारमा हँसिया प्रहार गरेका थिए ।

सरोज पहिल्यैदेखि मानसिक रोगी रहेका र मदिरा सेवन गरेर आमामाथि हँसिया प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी पण्डितले बताए । घटना लगत्तै छोरा सरोजलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।घरमा मृतक पार्वती र सरोज मात्रै बस्दै आएका थिए । पार्वतीका जेठा छोरा रोजगारीका लागि भारतमा रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu