Connect with us
Kapilvast Forest

डान्सबारमा कुटाकुट एक को मृत्यु

२०८१, २ फाल्गुन शुक्रबारमा प्रकाशित

fight

रुपन्देही

नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच भएको कुटाकुटबाट एक जनाको मृत्यु भएको हो।

घटना गत माघ २८ गते मध्यराति भएको भए पनि घटनामा घाइते प्रतापुर गाउँपालिका–९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरीको उपचारको क्रममा ३०  साँझ साढे ४ चौरहा अस्पताल बुटवल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका  सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जनाकारी दिए।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ। डान्सबारभित्र भिडियो खिचेको निहुँमा झगडा भएको बताइएको छ।

घटनामा मिन्टु र सरोजकुमार चौधरी पनि घाइते भएका थिए। पक्राउ परेका प्रतिवादीहरुविरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भइ थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu