Connect with us
Kapilvast Forest

सत्तारुढ दलको बैठक आज बस्दै , अध्यादेश पारित गराउनेबारे छलफल

२०८१, ३ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं 

सरकारमा सहभागी दलहरूको बैठक शनिबार बस्दैछ। शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको निर्णयअनुसार आज ११ बजे सत्तापक्षीय सबै दलको बैठक बस्न लागेको हो। बैठकमा सत्तारुढ दलका शीर्ष नेतासहित प्रमुख सचेतक सहभागी हुने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए। राष्ट्रिय सभामा बहुमत नपुग्दा ‘गलपासो’ बनेका अध्यादेश कसरी पारित गराउने भन्नेबारे बैठकले समाधान निकाल्नेछ।

अध्यादेशका अन्र्तवस्तु विश्लेषण गर्दै विपक्षी दलहरूले पाँच अध्यादेशमा समर्थन जनाउने संकेत गरेका छन्। तर, भूमि अध्यादेशका केही प्रावधानमा असन्तुष्टि छ। जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीलाई मनाउने प्रयास समेत असफल भएपछि एमालेले माओवादी र कांग्रेसले एकीकृत समाजवादीलाई फकाउने जिम्मा पाएका छन्।

शुक्रबार बसेको कांग्रेस संस्थापन पक्षका नेताहरुको बैठकले समेत एकीकृत समाजवादीसँग सहयोग माग्ने निर्णय गरेको थियो। तर, एकीकृत समाजवादीका उपाध्यक्ष भनुभक्त जोशीले भने संसदमा विरोधको सूचना दर्ता गरिसकेकाले अध्यादेशमा समर्थन गर्ने सम्भावना नरहेको बताएका छन्।  जोशीले अहिले सत्तारुढ दलहरुबाट सहयोगका लागि औपचारिक प्रस्ताव नआउँदासम्म आफूहरुको अडान यथावत् रहेको तर भने छलफल हुनसक्ने बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu