Connect with us
Kapilvast Forest

हेटौँडामा ट्रकले अटोलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

२०८१, ३ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका- ११ थानाभर्‍याङस्थित पूर्वपश्चिम सडकमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अटोचालकसहित दुईजना घाइते भएका छन्।दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका-६ खयरघारीकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

शुक्रबार बेलुकी ८ बजेतिर हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।गम्भीर घाइते बम्जनलाई सीएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा राति सवा ९ बजेतिर चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

अटोमा सवार पूजाका छोरा ११ वर्षीय अमृत घिसिङको चुरेहिल अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनामा अटो चालक हेटौंडा उपमहानगरपालिका(१९ बाँसघारी बस्ने २५ वर्षीय राजु थिङको टाउकोमा गम्भीर चोट लागेको छ। अटोलाई ठक्कर दिने ट्रक चालक चितवनको राप्ती नगरपालिका- २ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu