कपिलवस्तु नपा ३ मा आर्दश टोल विकास संस्था गठन
कपिलवस्तु –
टोलको शान्ति सुरक्षा, सामाजिक र विकास लगायतको काम अघि बढाउन कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित आर्दश टोल विकास संस्था गठन गरिएको छ ।
वडाध्यक्ष प्रकाश गैर र नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको आतिथ्यातामा टोलबासीको भेलाले बिजय अधिकारीको अध्यक्षमा समिति गठन गरिएको हो ।समितिको उपाध्यक्षमा शारदा पराजुली, सचिवमा भोला प्रसाद बिश्वकर्मा, कोषाध्यक्षमा अनु परियार रहेका छन ।
यस्तै सदस्यहरुमा राजगृत चौधरी, ईन्दिरा देवकोटा, सिता पाण्डेय अर्याल र संगीता अर्याल रहेका छन । संस्थाको संरक्षकमा वडाध्यक्ष प्रकाश गैरे र बरिष्ठ पत्रकार नारायण पौडेल रहेका छन ।
सो अवसरमा वडाध्यक्ष गैरेले टोलको सुधार र विकासमा यो समितिले भुमिका खेल्ने बताए ।
उनले यो टोलको विकासमा वडाको पुरा सहयोग रहने उनले प्रतिबद्धता ब्यक्त गरे ।