Connect with us
Kapilvast Forest

कपिलवस्तुमा तीन दिने पत्रकारिता तालिमको समापन

२०८१, ३ फाल्गुन शनिबारमा प्रकाशित

 

न्युज सेन्टर नेपाल – 

कपिलवस्तको शिवराजमा सञ्चालित तीन दिने पत्रकारिता तालिम आज एक समारोहबीच समापन भएको छ । दलित पत्रकार संघको आयोजनामा फागुन १ गतेबाट सुरु भएको तालिमा जिल्लाका दश पालिकाका २४ किशोर किशोरी सहभागि भएका थिए ।

समापन कार्यक्रममा बोल्दै  विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सत्य तथ्यका आधारमा पत्रकारिताका गर्नुपर्ने बताए । जनप्रतिनिधिहरुलाई खबरदारी गर्ने र राम्रा कामको जनतामाझ लैजाने जिम्मेवारी पत्रकारहरुको रहेको समाचार लेख्दा संवेदनशिल हुनुपर्ने बताए ।  तीन दिन सम्म चलेको तालिमले पत्रकारहरूको दक्षता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य रविदत्त मिश्राले पत्रकार समाजको ऐन रहेको बताए । पत्रकार राष्ट्रिको चौथो अंग रहेकोले सरकारले गरेका हरेक कामलाई निगरानी गर्नुपर्ने बताए । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने बताउँदै नव आगन्तुक पत्रकारहरुलाई सफलताको कामना गरे ।

दलित पत्रकार संघका केन्द्रिय सदस्य चिन्ता परियारले तालिममा आधारभूत कुराहरु सिकेपनि यो पूर्णता नभएको बताए । पत्रकारीता धेरै अध्ययन आवश्यक रहने भएकोले क्षमता विकास सगै अध्ययन गर्न सुझाव दिए ।

पहिलो खुडकिलो रहेकोले थप निरन्तता दिन समेत सहभागिहरुलाई आग्रह गर्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उतारी समाज सुधार कलम चलाउने सहभागिहरुले बताएका छन्  ।तीन दिन सम्म संचालन गरेको तालिमले दलित पत्रकारहरु क्षमता विकास र कपिलवस्तुमा सबै पालिकामा पत्रकारीतालाई मजबुत बनाउने संघका अध्यक्ष सम्भु विकले बताए । सम्भु विकको अध्यक्षता ,जिल्ला सचिव सागर सुनारको संचालनमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu