Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलिले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने

२०८१, ५ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको छ। ओलीले मध्यान्ह १२ बजे विशेष सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रदेशसभामा विशेष सम्बोधनका लागि निमन्त्रणा गरिएको हो। ओलीले अजै दिउँसो नेकपा एमाले दाङले घोराहीमा आयोजना गर्न लागेको जनसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति समेत रहेका  प्रधानमन्त्री ओली दाङ आउने भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकको पनि आयोजना गरिएको छ।

प्रधानमन्त्री ओली फागुन ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक सकेर काठमाडौं फर्कने कार्यक्रम तय भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu