गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सुन बरामद
रुपन्देही , फल्गुन ७ । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बेवारिसे अवस्थामा सुन बरामद गरिएकाे छ ।
मंगलबार दिउसो १ बजे गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी टोलीले कुल १२५ ग्राम सुन बरामद गरेकाे प्रदेश प्रहरी कार्यालय दांगले जनाएको छ ।
विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेश द्वार नजिकै बायाँ तर्फ रहेको महिला शौचालयबाट बेवारिसे अवस्थामा रियाज अहमद नाउको नाममा जारी भएको गाेल्डेन स्टाेन न्यु ज्वेलरीको विल नं. १०९२८ बाट २५ ग्राम र विल नं. १०९२९ बाट १०० ग्राम गरी जम्मा १२५ ग्राम तौल बराबरको सुन बरामद गरि गौतमबुद्ध विमानस्थल भन्सार कार्यालय, भैरहवा पठाईएको प्रहरी स्राेतले जनाएको छ ।