Connect with us
Kapilvast Forest

माओवादीको तराई–मधेश जागरण अभियान : यस्तो छ कार्यक्रम तालिका

२०८१, ७ फाल्गुन बुधबारमा प्रकाशित

‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ दिइएको यो अभियानको उद्घाटन १२ फागुनमा झापाको कचनकवलको बनियानी बजारमा हुनेछ । आगामी ७ चैतमा कञ्चनपुर पुगेर अभियानको समापन हुनेछ ।समय कार्यतालिका सामान्यतया एक जिल्लामा एक दिनको कार्यक्रम हुने गरी जिल्ला र समय तय गरिएको छ ।

जस अन्तर्गत झापामा फागुन १२ गते, मोरङमा फागुन १३ गते, सुनसरीमा फागुन १५ गते कार्यक्रम हुनेछन् ।

मधेश प्रदेश अन्तर्गत सप्तरीमा फागुन १६ गते, सिराहामा फागुन १७ गते, धनुषामा फागुन १८ गते र महोत्तरीमा फागुन १९ गते कार्यक्रम हुनेछ ।

सर्लाहीमा फागुन २१ गते, रौतहटमा फागुन २२ गते, बारामा फागुन २३ गते, पर्सामा फागुन २४ गते कार्यक्रम हुनेछन् ।

बागमती प्रदेश अन्तर्गत चितवनमा फागुन– २५ गते कार्यक्रम हुनेछ ।

गण्डकी प्रदेश अन्तर्गत नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६ गते, लुम्बिनी प्रदेश अन्तर्गत परासी (नवलपरासी पश्चिम) मा फागुन २७ गते, रुपन्देहीमा फागुन २८ गते अभियान अन्तर्गतका कार्यक्रम हुनेछन् ।

कपिलवस्तुमा चैत २ गते, दाङमा चैत ३ गते, बाँकेमा चैत ४ गते, बर्दियामा चैत ५ गते कार्यक्रम हुनेछ ।सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीमा चैत ६ गते कार्यक्रम हुनेछ । चैत ७ गते कञ्चनपुरमा कार्यक्रम हुनेछ र तराई मधेश जागरण अभियान समापन गरिनेछ ।

अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तक्र्रिया, जनभेटघाट हुने परिपत्रमा उल्लेख छ । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरे बमोजिम हुने भनिएको छ ।

‘बिहान, दिउँसो र बेलुका गरी स–साना तीन वटा कार्यक्रम तय गर्न सकिनेछ’ परिपत्रमा उल्लेख छ ।

अभियान टोलीमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोलीहरू रहनेछन् । सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र जनसमुदायहरू अभियानमा सहभागी हुनेछन् ।

अभियान सञ्चालनका लागि स्वयंसेवकको व्यवस्था सम्बन्धित प्रदेश समितिहरूले गर्नेछ । स्थानीय विशेषता सहितका सांस्कृतिक टोलीहरू, स्थानीय भेषभूषा, झाँकीहरू, स्थानीय पार्टी समितिहरूले तय गर्नेछन् ।अभियानको व्यवस्थापन सम्बन्धित प्रदेश इञ्चार्जको नेतृत्वमा सम्बन्धित जिल्ला पार्टीहरूले गर्ने छन् ।

यसअघि गत पुस २१ गतेदेखि २३ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने निर्णय गरेको थियो । त्यस अन्तर्गत पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तराई मधेश जागरण अभियान पछि २०८२ साल वैशाख महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu