Connect with us
Kapilvast Forest

नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति कपिलवस्तुको बैठक सम्पन्न

२०८१, ११ फाल्गुन आईतवारमा प्रकाशित

निजामुद्दीन तेली
कपिलवस्तु, फागुन ११

आगामी चैत्र ५ गते हुन गईरहेको स्ववियु निर्वाचनका बिषयमा गहन छलफल तथा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ। २०८१ फागुन १० गते शनिबार तौलिहवा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बैठक सम्पन्न भएको हो। आसन्न चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को निर्वाचनको विस्तृत छलफल माथी केन्द्रित विशेष बैठकमा नेपाल विद्यार्थी संघका पालिका अध्यक्षहरु जिल्ला सदस्यहरु,स्ववियु सभापति, स्ववियु पदाधिकारीहरु, इकाई सभापतिहरु,जिल्ला कार्यसमितिका पदाधिकारीहरुले आफनो विचार तथा सुझाव दिएका छन।
कार्यक्रममा नेविसंघ कपिलवस्तुका अध्यक्ष चन्द्रकान्त पोख्रेलको अध्यक्षतामा नेविसंघ केन्द्रिय सदस्य तिलकराम पाण्डे ज्यूको प्रमुख आतिथ्यता अतिथिमा नेविसंघ जिल्ला उपाध्यक्ष मीन थापा, सन्जय खनाल, सुमन खडका नेविसंघ जिल्ला कोषाध्यक्ष एवम कपिलवस्तु बहुमुखी क्याम्पसका उपसभापति बिरेन्द्र प्रताप यादव नेविसंघ जिल्ला प्रवक्ता सुबास पौडेल नेविसंघ शिवराज नगर सभापति सन्तोस बिस्ट, यशोधरा पालिका सभापति इशान पाठक, कृष्णनगर नगर सभापति हिमान्सु श्रीवास्तव, नेविसंघ फलाहरी बाबा बहुमुखी क्याम्पस इकाई सभापति निजामुद्दीन तेली, सिद्धार्थ क्याम्पस स्ववियु सभापति निलकमल थारु, कोषाध्यक्ष मनोज न्यौपाने,स्ववियु सदस्यहरु सुशील घिमिरे,प्रदिप भट्टराई, दिक्षा पौडेल,मन्जु थापा क्षेत्री,कपिलवस्तु बहुमुखी क्याम्पसका स्ववियु सदस्य बन्दना गिरि, समयथान बहुमुखी क्याम्पस स्ववियु सदस्य मिना केसि, गौतमबुद्द बहुमुखी क्याम्पस स्ववियु सदस्य शिव घिमिरे फलाहरी बाबा बहुमुखी क्याम्पस स्ववियु सदस्य सहनाज खातुन र समयथान बहुमुखी क्याम्पस स्ववियु सदस्य किरन घिमिरे त्यसैगरी फलाहरी बाबा बहुमुखी क्याम्पस स्ववियु सदस्य सङ्गै नेविसंघका जिल्ला सदस्य नेविसंघका पालिका कार्यसमिति इकाई कार्यसमिति हरुको आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा नेविसंघ जिल्ला उपाध्यक्ष सन्जय खनालले स्वागत मन्तव्य र कार्यक्रम संचालन नेविसंघ जिल्ला सहसचिव सोना पाण्डे ले गर्नु भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj