Connect with us
Kapilvast Forest

नेकपा एमाले कृष्णनगरको प्रथम बैठक सम्पन्न

२०८१, ११ फाल्गुन आईतवारमा प्रकाशित

कृष्ण पौडेल-

नेकपा एमाले कृष्णनगर नगर कमिटीको पहिलो बैठक आज सम्पन्न भएको छ । बैठकले पार्टीलाई संगठित पार्नु र जरा अभियानलाई मजबुत बनाउनका लागि विभिन्न निर्देशनहरू जारी गरिएको छ ।

बैठकको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य सुशील कुमार श्रीवास्तवले पार्टीलाई अझ संगठित र एकताबद्ध बनाउँदै जरा अभियानलाई थप मजबुत बनाउनुपर्ने आवश्यक्ता औंल्याउनुभएको थियो ।

उहाँले हालको राजनीतिक परिस्थितिमा पार्टीको संगठनात्मक शक्ति अभिवृद्धि गर्नु अतिनै महत्वपूर्ण भएको कुरा पनि साझा गर्नुभयो ।

यसैक्रममा, लुम्बिनी प्रदेश कमिटीका सदस्य जगदीश कुमार गुप्ताले संगठनलाई गाउँ–वडा तहसम्म पुर्‍याई, पार्टीको निर्देशन अनुसार कार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो । पार्टीका सदस्यहरूले आफ्नो भुमिका स्थानीय तहसम्म पुर्याएर जनसमुदायमा पार्टीको मर्म र आदर्श प्रसार गर्नु आवश्यक भएको बताउनुभयो ।

नेकपा एमाले कपिलवस्तुका सचिव सिवि गहतराजले पनि बैठकमा, पार्टीको सिद्धान्त र नीतिहरू अनुसार नै कार्य सन्चालन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँको मतअनुसार पार्टीले आफ्नो मुल आधारलाई ध्यानमा राख्दै नीति–निर्धारण र अभियान सञ्चालन गर्नु अत्यावश्यक भएको छ ।

त्यसैगरी, कपिलवस्तु क्षेत्र नं ३ का सहसंयोजक बाबुराम सापकोटाले सबै सदस्यहरूलाई एकजुट भएर पार्टीको मर्म अनुसार काम गर्न प्रोत्साहित गर्नुभयो । उहाँले पार्टीको एकता र सामूहिक प्रयासबाट मात्रै लक्षित अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

बैठकको अन्त्यतिर नेकपा एमाले कृष्णनगर कमिटीका अध्यक्ष गोपाल प्यारे चदेंलले जानकारी दिनुभयो कि बैठकबाट तयार गरिएको कार्य योजनाअनुसार वडा केन्द्रित अभियानको लागि जिम्मेवारी बाँडफाँड गरिएको छ । नगर अध्यक्ष चन्डेलले आगामी दिनहरूमा स्थानीय तहमा पार्टीको कार्यक्रम र प्रचार–प्रसारलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj