नुनपानी गणतन्त्रको, गुनगान राजतन्त्रको
न्युजसेन्टर नेपाल-
संघीय लोकतान्त्रीक गणतन्त्र व्यवस्थाबाट चुनिएर मेयरको पद धारण गरेका व्यक्तिले खुल्याम पूर्वराजाको समर्थन गर्दै जनता उस्काइरहेका छन् । राजतन्त्र भएको भए यतिबेला उनी कहा हुन्थे ? संघीयताले दिएको सेवामा रमाएर राजतन्त्रको वकलात गर्नु कुन नैतिकताले दिन्छ ?
झण्डै २ दशक अघि नागरिकले फालेका उनै राजालाई ल्याउन नागरिकहरुले तिरेको करको दुरुपयोग गर्नु होइन र ?
सन्दर्भ हो कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाको । थापाले निर्वाचन पश्चात नगरपालिकाको २५ लाख खर्चेर पूर्वराजाको शालिक बनाए । त्यती मात्रमै रोकिएनन प्रत्येक वर्ष पूर्वराजाको सम्झनामा रकम खर्चदै आएका छन् ।
नेपालको संविधान २०७२ बमोजिम २०७९ सालमा भएको स्थानीय तहको निर्वाचन मेयर जितेका थापाले अहिले पनि आफ्नो कार्यकक्षमा पूर्वराजाको तस्विर राखेर लोकतन्त्रको धज्जी उडाएका छन् । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय तहको प्रमुखको कार्यकक्षमा वर्तमान राष्ट्रपती र प्रधानमन्त्रीको तस्विर राख्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ ।
थापा यतिमै रोकिएन उनले सामाजिक संजालमा खुलेरै पूर्वराजाको वकालत गर्दै राजा सहितको हिन्दु राज्य नेपाल पूर्नस्थापनाको लागि मोटसाइकल र्याली सहभागि हुन आहवान गरे । थापाले संघीय राज्यको नुनपानी खाएर दैनिक जसो पुर्वराजाको गुनगान गाउदै सामाजिक संजालमा तस्बिर पोष्ट गर्दै आएका छन ।
थापाले हरेक कार्यक्रममा राजा आवश्यक भन्दै भाषण समेत दिने गरेका छन् । स्थानीय तहको निर्वाचन अघि उनी लोकतन्त्रको पक्षमा खम्बा भएर उभिने गरेका थिए ।
यसरी यहि व्यवस्थाबाट नागरिकहरुको मतले निर्वाचित भएका मेयर थापाले व्यवस्थाकै बिरोध गर्दा नागरिकहरु उनी प्रति असुन्तष्ट हुदै गएका छन् । नागरिकहरुको सेवा गर्ने वाचा गरेका थापा मेयर जितेपछि पूर्वराजाको पछि लाग्दा उनका समर्थकहरु पनि साथ छोडदै गएका छन् ।
संविधानको धारा अनुसार मेयर बनेका थापा राजतन्त्र भन्दा गणतन्त्रको वकालत गर्दा पदको समेत सम्मान हुन्छ । पदिय मर्यादमा रहेका मेयर थापाले २०६२।०६३ सालको जनआन्दोलनबाट पदच्युत भएका राजाको पक्षमा उभिदा सिगौं मतदाताको मन खिन्न भएको छ । थापा पदमा रहदासम्म गणतन्त्रको पक्षमा नै बोल्नु पर्ने हो किनकी जुन विधि प्रक्रियाले उनी यहाँसम्म पुगेका छन त्यो गणतन्त्रको देन हो ।
मेयर थापाको फेसबुकबाट लिएको केही स्कृन शुट तस्बिरहरु
