नारी दिवस : सम्मान र समानताको आवश्यकता
अवधेश यादव- कपिलवस्तु – ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरम महिलाको योगदान, अधिकार र सम्मानबारे विशेष चर्चा भइरहेको छ । समाजको विकासमा महिलाको भूमिका अहंम छ, तर अझै पनि महिलाहरूले समान अवसर र अधिकारका लागि संघर्ष गर्नुपरिरहेको छ ।
महिलाहरूको संघर्ष, साहस र समर्पणले समाजमा महत्वपूर्ण परिवर्तनहरू ल्याएका छन् । उनीहरूको भूमिका परिवार, समाज, राजनीति, अर्थतन्त्र, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा अमूल्य छ । महिलाहरूले हरेक चुनौती सामना गर्दै नयाँ उचाइ हासिल गरिरहेका छन्, जसले समानताको यात्रालाई अगाडि बढाउने काम गरिरहेको छ ।
आजको युगमा महिलाको आत्मनिर्भरताले समाजलाई नयाँ दिशा दिइरहेको छ । शिक्षा, रोजगार, उद्यमशीलता तथा नेतृत्व क्षमतामा महिलाहरू अगाडि बढ्न पाउनु आवश्यक छ । प्रत्येक महिलाको शक्ति, आत्मविश्वास र परिश्रम अनमोल छन्, जसलाई प्रोत्साहन गर्न समाजले सकारात्मक भूमिका खेल्नुपर्छ ।
तर, अझै पनि लैंगिक भेदभाव, घरेलु हिंसा, अवसरको असमानता जस्ता समस्याहरू कायम छन् । महिलाहरूको सम्मान र अधिकारका लागि सबैले जिम्मेवारी बोध गर्नुपर्छ । कानुनी रूपमा सुनिश्चित अधिकारको कार्यान्वयनलाई प्रभावकारी बनाउनु जरुरी छ ।
नारी सशक्तिकरण केवल नारामा सीमित हुनुभएन । व्यवहारमा लागू गर्दै, शक्ति, समर्पण र आत्मनिर्भरताको सन्देश आत्मसात् गर्नुपर्छ । नारी दिवसले सबैलाई महिलाको सम्मान, समानता र अधिकार सुनिश्चित गर्न प्रेरित गरोस् ।
-लेखक यादव महाराजगञ्ज नगरपालिकाको विधेयक समितिका संयोजक र वडा नं ११ का वडा सदस्य हुन् ।