Connect with us
Kapilvast Forest

कपिलवस्तुको बहादुरगन्जमा रक्तदान कार्यक्रम हुने

२०८१, २५ फाल्गुन आईतवारमा प्रकाशित

बृजेश यादव, कपिलवस्तु– “रक्तदान जीवनदान” भन्ने नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगन्ज स्थित  शिवराज अस्पतालमा यही बुधबार फागुन २८ गते बिहान ८:०० बजे रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

उक्त कार्यक्रम अवधी पत्रकार संघ नेपाल, जिल्ला कार्य समिति कपिलवस्तु को आयोजनामा तथा रक्त सञ्चार केन्द्र, बुटवल को प्राविधिक सहयोगमा सम्पन्न हुन लागेको हो ।

कार्यक्रमबारे जानकारी दिँदै अवधी पत्रकार संघ नेपालका अध्यक्ष मनिष गुप्ता ले रक्तदान महादान भएकाले समाजका सबै सचेत नागरिकहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।

उहाँका अनुसार यो कार्यक्रमबाट कपिलवस्तुभित्र र आसपासका क्षेत्रका रक्तअभाव झेलिरहेका बिरामीहरूलाई राहत मिल्नेछ ।

अवधी पत्रकार सघं नेपाल कपिलवस्तुका सचिव सचिव बृजेश यादवले रक्तदान कार्यक्रममा सबै व्यक्तिहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै स्वस्थ व्यक्तिहरूले रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो ।

रक्तदान मानव जीवन बचाउने पुण्यकार्य भएकाले शिवराज अस्पताल, बहादुरगंज मा हुने यस कार्यक्रमलाई सफल बनाउन आयोजकहरूले सबैलाई सहभागी अनुरोध  गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj