Connect with us
Kapilvast Forest

स्मार्ट तरिका,अपनाएर एसईईमा चिट चोराउने ‘साथी’ ग्रुपका २ निरीक्षक समातिए

२०८१, ७ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं-

यस वर्षको एसईई परीक्षामा पर्खाल नाघ्दै चिट चोराएको फोटो भिडियो त भाइरल भएको देखिएको थियो । तर आज डिजिटल माध्यमबाट समेत चिट चोर्ने/चोराउने गरेको खुलासा भएको छ । ह्वाट्स एप ग्रुपमार्फत् चिट चोराउने दुई जना निरीक्षकलाई बारा प्रशासनले आज बिहान पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रुपमा खटिएका सौरभ छन् । उनीहरुले गल्ती स्वीकार गरेको र हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

एसईई परीक्षाको अनुगमनका लागि हिजो जस्तै आज बिहान पनि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी परीक्षा सेन्टरहरुमा पुगेका थिए ।कलैयाको पन्नादेवी कन्या मावि सेन्टरमा ह्वाट्सएपमार्फत् चिट चोर्ने/चोराउने गरेको सूचना पाएपछि निगरानी बढाइएको थियो । त्यहीक्रममा निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड शौरभ रंगेहात पक्राउ परे ।प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अनलाइनखबरसँग भने, ‘उनीहरुले आफ्नो मोबाइलमा ‘साथी’ नामको ह्वाट्सएप ग्रुप बनाएका रहेछन् । निरीक्षकले प्रश्नपत्रको फोटो खिचेर त्यही ग्रुपमा राखिदिने र उत्तर प्राप्त भएपछि परीक्षार्थीलाई सार्न दिने गर्दारहेछन् ।’

आज ह्वाट्सएपमा प्रश्नको उत्तर आएको तर परीक्षार्थीसम्म पुग्न नपाउँदै मोबाइलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए ।ह्वाट्सएप ग्रुपमा प्राप्त हुने उत्तर शिक्षक रञ्जु कुमारीले सोही सेन्टरबाट एसईई परीक्षा दिइरहेकी आफ्नी छोरीलाई सार्न दिने गरेको पाइएको छ ।‘एसईई परीक्षामा डिजिटल माध्यमबाट चिट चोर्ने र चोराउने गरेको पाइयो,’ प्रजिअ अधिकारीले भने, ‘अन्य ठाउँमा पनि यस्तो हुनसक्ने भएकाले निगरानी बढाउनुपर्ने भएको छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj