Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओली बुटवल आउँदै

२०८१, २८ चैत्र शुक्रबारमा प्रकाशित

बुटवल-

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न आज बुटवल आउँदै छन् ।राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गर्न लागेको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रधानमन्त्री बुटवल आउने कार्यक्रम रहेकाले सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको बताए ।

यसअघि रुपन्देहीमा पार्टीको जिल्ला अधिवेशन र अन्य कार्यक्रममा प्रधानमन्त्री आउने प्रचार गरिए पनि उनी आएका थिएनन् ।देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभा बुटवल मण्डपमा गर्न लागिएको छ ।सभालाई सम्बोधान गर्न प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरु बुटवल आउने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए ।

सभापूर्व बुटवलबाट भैरहवासम्म मोटरसाइकल र गाडीसहितको र्याली निकालिने, त्यसपछि पूर्वमा मुटु अस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइन जम्मा भएर रामनगरस्थित कार्यक्रम स्थलमा जाने गैरेले जानकारी दिए ।एमालेले सभा गर्ने ठाउँ बुटवल मण्डपको निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल अगाडि बाल उद्यान रहने खाली ठाउँ हो । बुटवल अन्तराष्ट्रिय सभा हल तथा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल आयोजनाका एक कर्मचारीका अनुसार ३० हजार स्क्वायर फुट क्षेत्रफलको सभा हुने ठाउँमा बढीमा २० हजार मान्छे अट्छन् ।सभामा एमालेले रुपन्देहीका १६ वटै पालिका सहित नवलपरासी,कपिलवस्तु,पाल्पा अर्घाखाँचीबाट नेता कार्यकर्ता बुटवल ल्याउँदै छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu