पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेपछी आज १०औं दिन पनि शिक्षकहरू सडकमै
काठमाडौ –
नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलन १०औं दिन पनि जारी छ ।माइतीघरदेखि बिजुली बजार पुलसम्मको सडक कब्जा गरेर उनीहरूले सरकारलाई माग पूरा गराउन दबाब दिइरहेका छन् ।बिहीबार सरकारसँग भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बन्यो । जसका कारण उनीहरूले २० चैतदेखिको आन्दोलनलाई जारी राखेका हुन् ।
महासंघले विगतमा भएको सहमति कार्यनयन गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न भनेको छ । उनीहरूले विशेष अधिवेशन वा बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन् ।