Connect with us
Kapilvast Forest

दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगियो

२०८१, २८ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं –

तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको हो । सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेरमा जिल्ला अदालत काठमाडौं लगिनेछ ।

उनीविरुद्ध आजै म्याद थप गर्ने तयारी छ ।ज्यान मार्ने उद्योग लगायतका कसुरमा उनीविरुद्ध मुद्दा चलाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि प्रसाईं फरार थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu