Connect with us
Kapilvast Forest

तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

२०८१, २९ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं-

तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका- २ कामी डाँडा बस्ने इसुब विककी छोरी ९ वर्षीया अनुजा विकको मृत्यु भएको हो।शुक्रवार साँझ ६ः ३० बजे फुपू दिदी फूलमाया विकको घरमा बत्ती लिन गएको बेला चितुवाले आक्रमण गरेको  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए। थापाका अनुसार  बेलुकी घर नर्फिएपछि खोजी गर्ने क्रममा उनलाई मृत फेला पारिएको हो।

घरबाट एक हजार पाँच सय मिटर कटुस घारीमा टाउको र घाँटी टोकी दाहिने खुट्टाको साप्रा खाइसकेको अवस्थामा शव फेला परेको थियो।बस्तीमा पसेर मानिसलाई आक्रमण गरी मार्न थालेपछि स्थानीय बासिन्दा आतंकित भएका छन्। चितुवालाई नियन्त्रण लिन पासो थाप्न र खोजी गर्न सुरक्षा निकाय र डिभिजन वन कार्यालय तनहुँलाई गाउँपालिकाले आग्रह गरेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu