रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित दीपक बोहराको निधनपछि प्रतिनिधिसभाको एक स्थान रिक्त
काठमाडौं –
रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित दीपक बोहराको निधनपछि प्रतिनिधिसभाको एक स्थान रिक्त भएको छ ।नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुन आएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।
२०७९ मंसिरमा भएको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट प्रतिनिधिसभा निर्वाचित बोहराको उपचारका क्रममा निधन यही चैत १९ गते भएको थियो।