सामुदायिक रेडियो विजयनगरको वार्षिकोत्सवमा जग्गा दातालाई सम्मान
विजयनगर, चैत ३० –कपिलवस्तुकाे सामुदायिक रेडियो विजयनगर सातौं वर्ष पुरा गरि आठौं वर्षमा प्रवेश गरेकाे छ । जिल्लाकाे सुदुर पश्चिम ग्रामिण भेगमा पर्ने विजयनगर गाउँपालिका-६, खडैचामा अवस्थित सामुदायिक रेडियो विजयनगर एफएम १००.७ मेगाहर्ज आजदेखि आठौं वर्षमा प्रवेश गरेकाे छ ।
रेडियोले आफ्नो ८ औँ वार्षिकोत्सवको अवसरमा संस्थालाई जग्गा प्रदान गर्ने दातालाई विशेष सम्मान गरेको छ। समारोहका प्रमुख अतिथि विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बाहादुर थापाले जग्गा दाताको योगदानले रेडियोको स्थायित्व र समुदायमा सूचना प्रवाहमा ठुलो सहयोग पुर्याएको बताए ।उक्त कार्यक्रममा जग्गा दाता बल बाहादुर पुनलाई सम्मान पत्र, दोसल्ला ओढाएर सम्मान गरेको थियो।
रेडियो विजयनगरका स्टेशन प्रमुख राम प्रकट कोरीले संस्थाको स्थापना र विकासमा स्थानीय समुदायको सहयोग उल्लेखनीय रहेको बताए। २०७५ सालमा स्थापित रेडियो विजयनगरले जनताकाे आवाज बन्दै सफतापुर्वक आठौं वर्षमा प्रवेश गरेकाे काेरीले बताए । विजयनगर गाउँपालिका र विजयनगर समाजद्वारा सञ्चालित रेडियोले खबरदारीकाे साथै आम नागरिकलाई निरञ्तर सुसूचित गर्दै आएको काेरीले बताए ।
उनले दैनिक १८ घण्टा प्रशारण गर्दै स्थानीय समाचार तथा गतिविधिलाई प्राथमिकतामा राखी जनताकाे आवाजलाई रेडियोमार्फत जाेड दिएको बताए । रेडियोबाट सत्यतथ्य समाचार सम्प्रेषण गर्दै आएकाे बताउँदै सञ्चार माध्यम जनताको समाचार संवाहक बन्नुपर्ने उनले बताए ।
रेडियो विजयनगरले आम नागरिकलाई विभिन्न जनचेतनामूलक कार्यक्रमसहित समाचार, सूचना, विज्ञापन र मनाेरञ्जनसमेत दिँदै आएको छ । ग्रामीण क्षेत्रमा स्थापित यस रेडियोले जनतालाई सुसूचित गराउन अहम भूमिका निर्वाह गरेकाे विजयनगर समाजका सचिव दिपक भण्डारीलले बताए । उनले आगामी दिनमा रेडियोले आम जनतालाई विश्वासनीयता दिलाउन सक्ने हुनुपर्ने बताए ।