निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं- गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत ‘इन्द्रकमल’ सार्वजनिक भएको छ ।
गायिका थापा र आरके गुरुङको स्वर रहेको ‘इन्द्रकमल’ बोलको म्युजिक भिडियो गायिका थापाकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतमा संगीतसमेत गायक आरेके गुरुङकै रहेको छ । पवित्रा मगरको शब्द रहेको गीतको निर्देशन इन्द्रकमललाई प्रकाश भट्टले गरेका हुन् भने सुदिप मगरले एजेन्ज गरेका हुन् ।
म्युजिक भिडियोमा ‘इन्द्रकमल’ चिज गुरुङ र अन्जु गुरुङको अभिनय रहेको छ ।
करण चैसिरले छायाँकन गरेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । साई भिजनले गीतको निर्माण गरेको हो ।