Connect with us
Kapilvast Forest

गेमी मिलिउ मगर समाजद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०८२, १ बैशाख सोमबारमा प्रकाशित

विजयनगर (कपिलवस्तु )वैशाख १ – गेमी मिलिउ मगर समाजको आयोजनामा विजयनगर गाउँपालिका–४ स्थित भुपु बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

समाजका अध्यक्ष नारायण रोकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको उपस्थिति रहेको थियो। उनले मगर समुदायको सामाजिक एकता, सांस्कृतिक पहिचान र आपसी सहकार्यको भावना उदाहरणीय रहेको उल्लेख गर्दै, यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गरे।

विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले मगर समुदायको ऐतिहासिक योगदानको चर्चा गर्दै, आगामी दिनहरूमा पनि समुदायले समावेशी विकासमा अग्रसर भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा बोधराज भुसाल, देवराज देवती, शान्ति रोका, सुबास घर्तिमगर, सरिता पाण्डे, ज्ञानु बुढामगर लगायत त्रिपालनगर, भुपु र ज्योतिनगर क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अतिथिहरूले मगर समुदायको सांस्कृतिक संरक्षण, नयाँ पुस्तामा चेतना प्रवाह, शिक्षा तथा सशक्तीकरणतर्फ समाजले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रमले मगर समुदायबीचको आपसी मेलमिलाप, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको संरक्षणमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu