Connect with us
Kapilvast Forest

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ ५ बजे बस्दै

२०८२, ३ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं –

 प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। बैठक आज साँझ ५ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि बैठक बोलाइएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा संयन्त्रको बैठक बोलाउने समझदारी भएको हो।सरकारको भविष्यमाथि विपक्षी र कार्यसम्पादनबारे गठबन्धन भित्रैबाट प्रश्न उठिरहेका बेला दुई नेताले छलफल गरेर संयन्त्रको बैठक बोलाउने समझदारी गरेका हुन्।सोमबार सचिवालयको बैठक राख्दै एमालेले सरकार परिवर्तनको हल्ला मात्रै चलाइएको बताएको थियो। सरकारका कामलाई अझै प्रभावकारी बनाउन प्रमुख दलबीच पर्याप्त छलफल गरेर जाने निर्णय एमालेले गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu