Connect with us
Kapilvast Forest

इन्जिनियर केसी भूमि आयोगको विज्ञ सदस्यमा नियुक्त

२०८२, ३ बैशाख बुधबारमा प्रकाशित


न्युजसेन्टर नेपाल

कपिलवस्तु, शिवराज – नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान आयोग, ताहाचल काठमाडौंले इन्जिनियर मोहन केसीलाई विज्ञ सदस्य पदमा नियुक्त गरेको छ।

शिवराज नगरपालिका–११, कपिलवस्तु निवासी इन्जिनियर केसीलाई भूमि समस्या समाधान आयोग गठन आदेश, २०७८ को दफा ५ को उपदफा (१) को खण्ड (च) बमोजिम आयोगको जिल्ला समिति कपिलवस्तुको विज्ञ सदस्य पदमा नियुक्त गरिएको हो ।

उक्त नियुक्ति आयोग गठन आदेशको दफा ८ को उपदफा २ बमोजिमको पदावधि कायम हुने गरी मन्त्रिपरिषद्‌को २०७८ साल माघ २ गतेको निर्णयअनुसार गरिएको हो ।

विज्ञ सदस्य पदमा नियुक्ति पाएसँगै आयोगले इन्जिनियर केसीलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सक्रिय योगदान दिने विश्वास व्यक्त गरेको छ ।

आयोगले विज्ञ सदस्यका रुपमा जिम्मेवारी पाएका केसीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu