Connect with us
Kapilvast Forest

अध्यक्षले बचत अपचलन गरेपछि बुटवलको सनराइज सहकारी बन्द

२०८२, ३ बैशाख बुधबारमा प्रकाशित

बुटवल –
अध्यक्षले सेयर सदस्यको बचत अपचलन गरेपछि बुटवलको सनराइज बहुउद्देश्यीय सहकारी संस्था बन्द भएको छ ।बुटवल–११ देवीनगरमा रहेको सहकारीका अध्यक्ष आकाश भट्टराईले संस्थामा जम्मा भएको रकम अपचलन गरी सम्पर्कविहीन भएपछि अन्य पदाधिकारी र कर्मचारीले संस्था बन्द गरेका हुन् ।

संस्थाले निकालेको सूचनामा अध्यक्ष सम्पर्कमा नआउँदासम्म कर्मचारीबाट कार्यालय सञ्चालन गर्न असहज परिस्थिति बनेको भन्दै सम्बन्धित निकायबाट अध्यक्षलाई खोजेर उपस्थित गराइएपछि बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइने उल्लेख छ ।सहकारीमा कति सेयर सदस्य छन्, सदस्यको कति रकम बचत छ र अध्यक्षले कति रकम अपचलन गरेका हुन् भन्ने सूचनामा उल्लेख छैन ।

सहकारी उपाध्यक्ष रमेश भट्टराई र सचिव लक्ष्मी अधिकारीले आफूहरूलाई सहकारीको आर्थिक पक्षबारे कुनै जानकारी नै नभएको बताए ।अध्यक्ष नातेदार भएकाले आफूहरूले विश्वासमा नागरिकताको फोटोकपी दिएको बाहेक अरू केही थाहा नभएको उपाध्यक्ष भट्टराईले बताए । अध्यक्ष भट्टराई र कोषाध्यक्ष बसन्त भट्टराई मोबाइल फोन स्विच अफ गरी सम्र्पकविहीन छन् ।

सनराइज सहकारीमा ३१ चैत २०८१ सम्म दैनिक २ सय रुपैयाँका दरले जम्मा गर्दै आएको बुटवल–७ दीपनगरकी स्मृति पाण्डे पौडेलले बताइन् ।बुटवल–११ का अध्यक्ष रामचन्द्र खनाल क्षेत्रीले सहकारी अध्यक्ष बचतकर्ताको रकम कुम्ल्याएर फरार भएको अनौपचारिक जानकारी पाएको तर आधिकारिक रूपमा कसैले ठगिएको निवेदन नदिएको बताउँछन् ।

लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका रजिस्ट्रार मधुकृष्ण पौडेलले प्रदेश सरकारले नियमन गर्ने कार्यक्षेत्र भएका ८ सय ४८ सहकारी रहे पनि १ सय ३० मात्र प्रदेशमा दर्ता भएकाले समस्या आएको बताए ।खासगरी बाहिर जिल्लामा दर्ता भई प्रदेशलाई कार्यक्षेत्र बनाएका बहुउद्देश्यीय सहकारीमा धेरै समस्या आएको स्वीकार्दै उनले प्रदेशका १२ जिल्लामा अनुगमन र नियमनका लागि कर्मचारी समेत अभाव रहेको गुनासो गरे ।

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ अध्यक्ष कृष्ण नेपालले जिल्लाभन्दा बाहिर दर्ता भएर प्रदेशमा आएका २३ सहकारी समस्यामा रहेको बताए । जसमध्ये १३ बहुउद्देश्यीय, ९ बचत तथा ऋण र एउटा जडीबुटी सहकारी छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu