एमाले पार्टी कपिलवस्तुको ढाई लाख बढीको निर्माण समाग्री चोरी
कपिलवस्तु –
कपिलवस्तु नगरपालिका वडा नम्बर १ समयमाई मन्दिर छेउमा निर्माणाधीन नेकपा एमाले कपिलवस्तुको भवनको ढाई लाख बढीको निर्माण सामाग्री चोरी भएको छ । कोही नभएका मौका छोपी चोरहरुले मंगलवार राति छड, ग्यान्डर मेशीन, ब्याट्री, तार लगायतका निर्माण सामाग्री चारेर लगेको निर्माण कम्पनी सनाया कन्ट्रक्सनका साझेदार अभिषेक पाण्डेयले बताए । १६ एमए देखि २०एमएमा छड ग्यान्डर मेशीन, तार लगायतका गरी ढाई लाख बढीको सामाग्री चारी भएको उनले बताए । ६२ लाख बढीमा ठेक्कामा लिएको सो भवन निर्माण कार्य जारी रहेको बताए । घर बिदामा लेबर र मिस्त्री गएको बेला कोही नभएको मौका छोपी चोरहरुले निर्माण सामाग्री चोरेर लगेको उनले बताए ।झनडै ४० प्रतिशत कम लागतमा प्रतिस्पर्धाका आधारमा भवन निर्माणको काम पाएको र त्यसमा पनि निर्माण सामाग्री चोरी हुदा आफुहरु समस्यामा परको उनले बताए । यस अघि पनि १० दिन अघि त्यहा चोरी भएको र चोर र सामाग्रीहरु फेला पारी एक पटककालागि चेतावनी दिएर आफुहरुले छाडेको उनले बताए । एमाले जिल्ला अध्यक्ष बावुराम खनालले आफुलाई समेत निर्माण कम्पनीले ढाई लाख बढीको निर्माण सामाग्री भएको मौखिक जानकारी गराएको बताए । उनले रखेदेखकालागि निर्माण कम्पनीलाइृ मान्छे राख्न भने पनि आनाकानी गरकोले चोरहरुको मनोबल बढेको बताए । उता प्रहरी उपरिक्षक मोहनमणि अधिकारीले भने एमाले पार्टी कार्यालयमा भवन निर्माण सामाग्री चोरी भएको बिषयमा जानकारी नभएको बताए । उनले यस बारे बुझ्ने बताए । यस अघि ३ महिना अघि सिद्धार्थ टोल,घिमिरे र क्याम्पस टोलमा भएको लाखौरुपैयाको सुन र नगद चोरी घटनाको चोरहरु समेत प्रहरीले पक्राउ गर्न सकेको छैन ।