महानगरको डोजर कवाडी संकलन केन्द्रमा
काठमाडौं –
काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्र हटाएको छ ।महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र आज हटाइएको हो । ‘पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो,’ उनले भने ।त्यसका लागि महानगरपालिकाले डोजरसहित दर्जनौं नगर प्रहरी बल परिचालन गरेको छ ।
डोजर लगाएर भत्काएको विरोधमा कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले ढुंगामुढा समेत गरेका छन् । ‘ढुंगा लागेर डोजरको सिसा फुटेको छ,’ अर्यालले भने ।उनका अनुसार डोजरमा ढुंगामुढा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ ।