Connect with us
Kapilvast Forest

शुक्रबार प्रचण्ड दिनभरि कपिलवस्तुका जनता संग

२०८२, ४ बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु-
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि दिनभर कपिलवस्तुका कार्यक्रममा सहभागी हुनेछन ।माओवादी केन्द्रले सञ्चालन गरिरहेको “जनतासँग माओवादी तराई-मधेश हुलाकी मार्ग अभियान” अन्तर्गत प्रचण्डसहितका नेताहरू बिहीबार साँझ नै कपिलवस्तु प्रवेश गर्ने कार्यक्रम छ।
प्रचण्डको सार्वजनिक कार्यतालिका अनुसार शुक्रबार बिहान ५:३० बजेबाट दिनको सुरुवात हुनेछ। उनले ४ नम्बर क्षेत्रदेखि गजेहडा सम्म बिहानको ७ बजे सम्म पैदल यात्रा (मर्निङ वाक) गर्नेछन्, त्यसपछि बिहान ८:०० बजे लबनीस्थित कन्या विद्यालय (शुद्धोधन गाउँपालिका) मा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनेछन्।
यसपछि ९:३० बजे मायादेवी गाउँपालिकाको पकडीमा अर्को कार्यक्रम रहेको छ भने ११:०० बजे तौलिहवास्थित शंकर होटलमा सर्वसाधारण तथा स्थानीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।
दिउँसो १:०० बजे प्रचण्ड कृष्णनगर नगरपालिका अन्तर्गत बहादुरगञ्ज पुग्नेछन्, जहाँ अभियानसँग सम्बन्धित विशेष कार्यक्रम आयोजना गरिएको छ। पार्टी प्रवेश र प्रचण्डको सम्बोधन साथै सहिद परिवारलाई भेटघाट हुने कार्यक्रम छ।
माओवादी केन्द्रले जनतामाझ पुनः आफ्नो पकड बलियो बनाउने प्रयासस्वरूप देशैभर अभियान थालेको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu