Connect with us
Kapilvast Forest

मन्त्रीसमक्ष कृष्णनगरवासीले भने “लालपुर्जा विहीन जीवन कठिन छ”

२०८२, ६ बैशाख शनिबारमा प्रकाशित

सनिउल्ला धोबी- कपिलवस्तु – नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री वलराम अधिकारीसँग कृष्णनगरवासीले भूमि सम्बन्धी समस्या समाधानको माग गरेका छन् ।

कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले लालपुर्जा नहुँदा स्थानीयवासीले निकै पीडा खेप्नुपरेको भन्दै सरकारसँग तत्काल लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँले भने, “जनताले वर्षौंदेखि लालपुर्जाको आशामा मन मारेर बस्नुपरेको छ, अब चाँडो निष्कर्षमा पुग्नुपर्छ ।”

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

उहाँले मन्त्री अधिकारीसँग विशेष आग्रह गर्दै स्थानीयको समस्या समाधानमा गम्भीर ध्यान दिन आग्रह गर्नुभयो ।

मन्त्री अधिकारीले भने बाल बिटौरी जग्गाको लालपुर्जा सम्बन्धी प्रक्रिया मन्त्रालयबाट अगाडि बढिसकेको जानकारी दिनुभयो ।

उहाँले बाहल बिटौरी जग्गाको हकमा आवश्यक कानुनी संरचना निर्माण भइसकेको उल्लेख गर्दै अब कार्यान्वयनको चरणमा सरकार पुगेको बताउनुभयो ।

“भारतको बढनी बजार नजिकै भएकाले यहाँका व्यवसायीलाई थप अवसर पनि मिलिरहेको छ ।” मन्त्री अधिकारीको भनाइ थियो ।

लुम्बिनी प्रदेश सरकारका विशेष अधिकार समितिका सभापति गिरधारीलाल न्यौपानेले संघीय र प्रदेश सरकार कृष्णनगरको विकासमा समर्पित रहेको बताउनुभयो ।

“हामी हरपल कृष्णनगरको समृद्धिको लागि प्रतिबद्ध छौं ।” सभापति न्यौपानेले भन्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष बाबुराम खनाल, भूमि आयोग कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल, शिवराज नगरपालिकाका पूर्वमेयर नेत्रराज अधिकारी, उद्योगी विजय केडिया, व्यापार संघका केन्द्रीय सदस्य महादेव पोख्रेल, शिवप्रसाद जयसवाल, वडा अध्यक्ष कृष्ण कुमार गुप्ता, नेकपा एमालेका केन्द्रीय सदस्य सुशील कुमार श्रीवास्तवलगायतको उपस्थिति थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu