Connect with us
Kapilvast Forest

कृष्णनगरवासीले अब छिट्टै लालपुर्जा पाउँछन : मन्त्री अधिकारी

२०८२, ६ बैशाख शनिबारमा प्रकाशित

सनिउल्ला धोबी-
नेपाल सरकारका भुमी ब्यवस्था तथा सहकारी निवारण मन्त्री वलराम अधिकारीले कृष्णनगरवासी अब छिटै लालपुर्जा पाउँने बताउनु भएको छ ।

संविधानले दिएको भुमी सम्बन्धि कानुन अनुसार नै यहाका नागरिकहरु अबको केही समयपछि लालपुर्जा पाउने मन्त्री अधिकारीले बताउनु भयो ।

कपिलवस्तुको कृष्णनगरमा आयोजित भुमी समस्या समाधान सम्बन्धि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जनप्रतिनिधि नागरिकहरू चाहे केही समयभित्रै लालपुर्जा पाउने बताअनु भयो ।

कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा वाहल विटौरी समस्या रहेकाले उक्त समाधान तर्फ सरकार गम्भीर रुपमा लागेको मन्त्री अधिकारीको भनाई रहेको छ ।

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कृष्णनगरको भूमि समस्या समाधानका लागि मन्त्री अधिकारलाई आग्रह गर्नुभयो ।

कृष्णनगर क्षेत्रको बाल बिटोरी जग्गाको लालपुर्जा नहुदा यहाँका नागरिकहरुलाई निकै समस्या भएको नगर प्रमुख शाहको भनाई रहेको छ ।

लुम्बिनी प्रदेश सरकारका विशेष समितिका सभापति गिरधारीलाल न्यौपाने, भुमी आयोग कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेल, सदस्यहरु मोहन केसी, टोप बहादुर विक लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu