Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराज अस्पतालमा विशेषज्ञ सेवा सुरु

२०८२, ८ बैशाख सोमबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुको बहादुरगंजमा रहेको शिवराज अस्पतालले आजदेखी विशेषज्ञ सेवा सुचारु गरेको छ । “विशेषज्ञ सेवा गुणस्तरीय उपचार, हाम्रो संकल्प तपाईको स्वास्थ्य” भन्ने मूल नारा सहित आजबाट स्वास्थ सेवा सुरु गरिएको हो ।

शिवराज अस्पताल बहादुरगन्ज परिसरमा एक कार्यक्रमको आयोजना गरि विशेषज्ञ सेवा सुरु गरिएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको आयोजना र देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युको सहकार्यमा आजबाट सेवाको सुरुवात गरेको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

महिनाको चार दिन विशेषज्ञहरूले यस क्षेत्रका नागरिकहरूलाई सेवा दिने नगरप्रमुख शाहको भनाइ रहेको छ ।

कृष्णनगर नगरपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार र शिवराज अस्पतालको स्तर वृद्धिका लागि देवदह मेडिकल कलेजसँग सहकार्य गरेर अभियान सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले बताउनुभयो ।

नेपालकै पुरानो अस्पताल मानिने शिवराज अस्पताललाई व्यवस्थित गर्नका लागि विशेषज्ञ टोली ल्याएको प्रशासकीय अधिकृत देवकोटाले बताउनुभयो ।

कृष्णनगर नगरपालिकाले विशेष पहल गरेपछि देवदह मेडिकल कलेजबाट यहाँका नागरिकहरूलाई सेवा दिनका लागि आफूहरू बहादुरगन्ज आएको डाक्टर लक्ष्मण पौडेलले बताउनुभयो ।

यहाँको स्रोत साधन प्रयोग गरेर बिरामीहरूलाई सेवा दिन तत्पर रहेको डक्टर लक्ष्मण पौडेलले बताउनुभयो ।

कृष्णनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सतिश निगमले नगरपालिकाकाले सुरु गरेको अभियानलाई धन्यवाद दिनुभयो ।
विगतमा यहाँ विशेषज्ञ डाक्टर नहुँदा यहाँका नागरिकहरू बाहिर जानुपर्ने भएकोले अब यहाँ धेरै सजिलो हुने वडा अध्यक्ष निगमको भनाइ रहेको छ ।

सेवा प्रारम्भको दिन बालरोग विशेषज्ञ डाक्टर लक्ष्मण पौडेल, नाक कान घाँटी रोग सम्बन्धी विशेषज्ञ डाक्टर सन्तोष शर्मा र  स्वास्थ्यकर्मी अमित पाण्डेले बिरामीहरूलाई चेकजाँच गरेर सेवा दिनुभएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा लेखा अधिकृत मनिष पाण्डे र शिवराज अस्पतालका डाक्टर दुर्गालाल चौधरीको विशेष पहलमा विशेषज्ञ सेवा सुरु गरिएको हो ।

शिवराज अस्पतालमा विशेषज्ञ टोली आएपछि त्यहाँका नागरिकहरू खुसी भएका छन ।

शिवराज अस्पतालमा कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाका सेवाग्राहीहरूले सेवा लिनेछन । सेवा सुरुवातको पहिलो दिन आज कुल ५४ जना बिरामीले सेवा लिएका थिए । १५ जना बालरोग र ३९ जना ईएनटी बिरामीको चेकजाँच गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu