शिवराजमा एकदिने निशुल्क आँखा शिविर सम्पन्न,३२७ जनाले गराए चेकजाँच
पुनहरी घिमिरे कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ३ मा रहेको आधारभुत बिधालय मदवामा सम्पन्न शिविरम ३२७ जनाले निःशुल्क आँखा चेकजाँच गराएका छन । जस्मा मोतियाबिन्दुको अपरेसन गर्नुपर्ने ११ जना रहेका थिए भने १४७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।
शिवराज नगरपालिका वडा नम्बर ३ को आयोजना तथा रुइत फाउन्डेसन काठमाडौको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा प्राविधिक सहयोग छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगंजले गरेको थियो ।स्थानीय बासिन्दाहरूलाई लक्षित गरी गरिएको यो सिविरमा आँखासम्बन्धी विभिन्न समस्या जाँच, परामर्श तथा औषधि चस्मा वितरण सेवा प्रदान गरिएको थियो।
सिविरमा छन्द छन्दकालेबाबु नारायणी आँखा अस्पताल बहादुरगंजका वरिष्ठ आँखा विशेषज्ञहरूको टोलीले सेवा प्रदान गरेको थियो । आँखाको दृष्टि परीक्षण, मोतीबिन्दु, सुख्खा हुने ,आँखा पोल्ने तथा अन्य आँखाका समस्या जाँच गरी आवश्यक परे शल्यक्रिया तथा थप उपचारका लागि सिफारिस गरिएको थियो ।शिविरमा सहभागी भएका वडा बासिले यस्ता सिविरले आफूहरूलाई ठूलो लाभ पुगेको बताएका थिए ।
यस कार्यक्रमले स्थानीय जनतामा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै कमजोर आर्थिक अवस्थाका कारण उपचार नपाएका नागरिकलाई राहत पुर्याएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । वडाले आगामी दिनहरूमा पनि यस्ता जनमैत्री कार्यक्रमलाई निरन्तरता दिइने सापकोटाको भनाई छ । यस सिविर लाई सफल बनाउन वडा कार्यालय, स्थानीय स्वयंसेवक र स्वास्थ्यकर्मीहरूको उल्लेखनीय भूमिका रहेको उहाले बताउनुभयो ।