Connect with us
Kapilvast Forest

गगन थापा भन्छन पार्‍यो भने यस्तो सरकार बाट बाहिरिन्छौ

२०८२, ११ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौ –

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्‍यो भने सरकारबाट कांग्रेस बाहिर जाने अभिव्यक्ति दिएका छन्।लोकतन्त्र दिवसमा काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘आधारभूत कुरामा हामी सम्झौता गर्दैनौं भनेर हामीले भन्न सक्नुपर्छ। पर्‍यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं। सरकारमा बस्ने वा नबस्ने, सरकार नै ठूलो कुरा थियो भने त ज्ञानेन्द्र शाहले सरकार बनाउँदै गर्दा हामी गएनौं त। महेन्द्र वा वीरेन्द्रले पनि सरकार बनाउँदै गर्दा हाम्रा नेताहरू जानुभएको थिएन।’

महामन्त्री थापाले नेपाली समाजलाई कांग्रेसले सम्हाल्नुपर्ने पनि बताए।‘हामी उत्तेजनामा आएर पनि हुँदैन। हामीले भड्काउवादी कुरा गरेर पनि हुँदैन। नैराश्यताको कथा भनेर पनि हुँदैन, भागेर पनि हुँदैन,’ थापाले भने, ‘हामीले सामना गर्नुपर्छ, हामीले संवाद गर्नुपर्छ, हामीले भरोसा दिलाउनुपर्छ, हामीले समाधान दिनुपर्छ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu