बैंकक जानुअघि प्रचण्डलाई देउवाको फोन, गरे स्वास्थ्यलाभको कामना
काठमाडौं –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैंकक जानुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद भएको बताएका छन् ।बिहीबार पार्टी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।‘देउवाजीले बैंकक जानुअघि फोन गर्नुभएको थियो, मैले स्वास्थ्य लाभको कामना गरेको छु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।
उनका अनुसार बैठकमा प्रचण्डले वर्तमान सरकारबाट समेत संघीय लोकतान्त्रिक गणतन्त्रत्माक शासन व्यवस्थामा खतरा रहेको ब्रिफिङ गरेका थिए । तथापि, आफूहरू तत्काल सरकारमा जानुपर्छ भन्ने पक्षमा नरहेको प्रचण्डको भनाइ थियो ।