Connect with us
Kapilvast Forest

संसद्‌मा छाया सरकारको स्वरूपमा प्रस्तुत हुने रास्वपाको निणय

२०८२, ११ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसद्‌मा छाया सरकारको स्वरूपमा प्रस्तुत हुने भएको छ ।संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ । बर्खे अधिवेशनको पूर्व सन्ध्यामा रास्वपाको संसदीय दलको बैठक बसेको थियो ।दलको कार्यलय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद्‌मा छाया सरकारको स्वरुपमा प्रस्तुत हुने निर्णय लिएको सांसद मनिष झाले जानकारी दिए ।

‘एउटा छाया सरकारको स्वरुपमा सदनमा प्रस्तुत हुने’ संसदीय दलको निर्णय सुनाउँदै सांसद झाले भने ।उनका अनुसार योग्यता, दक्षता र क्षमता भएको विषयमा सम्बन्धित सांसदको नेतृत्वमा खोज र अनुसन्धान गरेर विषयहरू संसद्मा प्रस्तुत गरिनेछ ।यसअनुसार अर्थतन्त्र र परराष्ट्र क्षेत्रको नेतृत्व स्वर्णिम वाग्लेले गर्नेछन । शिक्षा र परराष्ट्रमा शिशिर खनालको दक्षता छ । युवा र खेलकुदमा विराजभक्त श्रेष्ठको छ । सञ्चार र पर्यटनमा स्वयम झाको दक्षता छ ।

दक्षता भएको क्षेत्रमा सम्बन्धित सांसदको क्षेत्रको नेतृत्व लिएर सरकारमाथि निगरानी राख्ने र खबरदारी गर्ने नीति रास्वपाले लिने भएको हो ।यी विषयमा आवश्यकताका आधारमा अन्य दलसँग समेत सहकार्य गरेर संसद्मा विषय प्रस्तुत गरिने उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu