Connect with us
Kapilvast Forest

पाकिस्तानले गर्‍यो भारत संगको द्विपक्षीय सम्झौता रद्द, दुई देशको सम्बन्ध बिग्रँदै

२०८२, ११ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-

पाकिस्तानले भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ ।जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले बुधबार चालेको कदमको प्रतिक्रिया स्वरुप पाकिस्तानले बिहीबार यस्तो निर्णय लिएको हो ।भारतसँगका सबै द्विपक्षीय सम्झौता स्थगित गर्ने निर्णयअघि पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकपछि प्रधानमन्त्री शहबाज शरिफको कार्यालयबाट जारी विज्ञप्तीमा भारतसँगको व्यापार, हवाइ उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरिएको उल्लेख छ ।

पहलगाममा मंगलबार आतंकवादीहरूले २४ पर्यटकसहित २६ जनाको हत्या गरेका थिए । सो आक्रमण पाकिस्तानद्वारा संरक्षित आतंकवादीहरूबाट गराइएको भन्दै भारतले बुधबार पाकिस्तानसँगको सिन्धु जलसन्धि निलम्बन गर्ने निर्णय लिएको थियो ।पाकिस्तानले भारतको सो निर्णय अस्वीकार गर्दै पानी रोक्ने वा मोड्ने प्रयासलाई युद्धको कार्य मानिने भन्दै पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान र यसका सशस्त्र सेनाहरू आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न पूर्ण रूपमा सक्षम र तयार छन् ।’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को सुरक्षा मामिला समिति बैठकले सिन्धु जल सन्धि स्थगित गर्ने निर्णय गरेको हो । बैठकले सार्क भिसा छुटअन्तर्गत भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन दिएको थियो ।

यस्तै, नयाँदिल्लीस्थित पाकिस्तानी दूतावासका रक्षा, सैन्य, नौसेना र वायुसेनाका कूटनीतिज्ञलाई अवाञ्चित व्यक्ति ९पर्सन नन ग्रान्टा० ठहर्‍याउँदै ७ दिनभित्र देश छाड्न आदेश दिएको थियो । इस्लामावादस्थित भारतीय दूतावासमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेनाका सल्लाहकारलाई फिर्ता बोलाउने निर्णयसमेत लिएको थियो ।जवाफमा पाकिस्तानले कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणित प्रमाणविना भारतले पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने प्रयास गरेको दावी छ । उसले भारतीय कदमलाई एकपक्षीय, अन्यायपूर्ण, राजनीतिक रूपमा प्रेरित, अत्यन्तै गैरजिम्मेवार र कानुनी योग्यतारहित भन्दै टिप्पणी गरेको छ ।

भारतीय कदमको जवाफमा पाकिस्तानले पनि सार्क भिसा छुट योजनाअन्तर्गत भारतीय नागरिकलाई जारी गरिएका सबै भिसा निलम्बन गरेको छ । इस्लामाबादमा भारतीय उच्चायोगमा कूटनीतिज्ञको संख्या घटाएर ३० पुर्‍याएको छ भने भारतीय रक्षा, नौसेना र हवाई सल्लाहकारलाई ३० अप्रिलअघि पाकिस्तान छोड्न आदेश दिएको छ ।यस्तै, पाकिस्तानले सबै भारतीय स्वामित्व वा भारतीयद्वारा–संचालित एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द तथा भारतसँगको सबै व्यापार निलम्बन गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu