पाकिस्तानद्वारा भारतको जम्मु शहरमा ड्रोन आक्रमण

काठमाडौँ –
भारत पाकिस्तानबीचको झन् बढ्दै गएको छ । पाकिस्तानले भारतको जम्मु कश्मिर क्षेत्रको जम्मु शहरमा ड्रोन आक्रमण गरेको बताइएको छ ।
भारतीय सञ्चार माध्यम द इन्डियन एक्सप्रेसका अनुसार जम्मुमा पूर्ण ब्ल्याकआउट भएको छ भने नागरिकहरूले आकाशमा मिसाइलहरू देखेका छन् ।
स्थानीयहरुले ठूलो आवाजसहित आकाशबाट केही झरेको देखेका छन् । त्यस्तै उनीहरुले विभिन्न स्थानहरूमा साइरन बजेको सुनेका छन् । यता आजतकले भने भारतीय रक्षा संयन्त्रले फइटर प्लेन एफ–१६ नस्ट गरेको जनाएको छ ।

