Connect with us
Kapilvast Forest

वन संरक्षणका लागि सरोकारवालाहरू एकजुट

२०८२, ११ बैशाख बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु,-

कपिलवस्तुमा वन संरक्षण सम्बन्धि अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकमा जिल्ला समन्वय समितिको प्रमुख, कपिलवस्तुका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र साझेदारी तथा सामुदायिक वनका पदाधिकारीको समन्वय वैठक सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यले वन स्रोतको संरक्षण हाम्रो साझा दायित्व भएको बताउनु भयो । उहाले यसमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य रहेको सबैको समन्वय बिना स्थायी समाधान सम्भव नभएको बताउनु भयो । समन्वय समितिका अध्यक्ष आचार्यले कपिलवस्तुमा छाडा चौपाया ब्यवस्थापनका लागि दृगकालिन योजना निर्माण गर्नुपर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्गले प्राकृतिक विपत्तिहरू जस्तै डढेलो नियन्त्रण गर्नु आजको आवश्यकता रहेइओ बताउनु भयो । वन संरक्षणका लागि प्रशासनले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले वन क्षेत्रमा भइरहेको अतिक्रमण र डढेलोको समस्या रहेओ बताउनु भयो ।
महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलामले वन विनाशको असर दीर्घकालीन हुने बताउनु भयो ।

अहिलेको हस्तक्षेपले भविष्यको पुस्तालाई असर गर्छ । त्यसैले वन संरक्षणमा नगरपालिका प्रतिबद्ध छ रहेको कलामले बताउनु भयो ।
बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशब श्रेष्ठले हामीले हाम्रो पालिकाभित्र साझेदारी र सामुदायिक वनसँग सहकार्य गरेर संरक्षित वन क्षेत्र बनाएका बताउनु भयो । अर्घाखाँची र कपिलवस्तु सीमा विवादलाई उच्चस्तरीय निकायबाट समाधान गर्नुपर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

कृष्णनगर नगरपालिकाकी उपप्रमुख आरती देवी चौधरीले महिलाहरूलाई वन संरक्षणमा सक्रिय बनाउनुपर्छ । सामुदायिक वनमा महिलाको नेतृत्व बढाउनुपर्ने आवश्यकता रहेको धारण राख्नुभयो ।

गौतमबुद्ध डिभिजन वन कार्यालयका डिभिजनल प्रमुख राजु क्षेत्रीले कार्यक्रममा डिभिजनको तर्फबाट कार्ययोजना प्रस्तुत गर्दै भन्नुभयो, “डिभिजन कार्यालयले डढेलो नियन्त्रण, अवैध कटानी रोकथाम, र सिमाना व्यवस्थापनमा विशेष योजना अघि सारेको छ । हामी सबै सरोकारवालासँग सहकार्य गर्न तत्पर छौं ।”

कार्यक्रममा साझेदारी र सामुदायिक वनका पदाधिकारीहरूबाट पनि महत्वपूर्ण सुझावहरू प्राप्त भएका थिए । बैठकले वन डढेलो नियन्त्रणका लागि स्थानीय तह र वन कार्यालयबीच नियमित समन्वय कायम गर्ने, र कपिलवस्तु–अर्घाखाँची सिमाना विवाद समाधान गर्न सरकारी तहमा पहल गर्ने निर्णय समेत गरेको छ ।
सवै सहभागीले वनलाई दीर्घकालीन रूपमा संरक्षण गर्न सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए ।
उक्त वैठक शिवराज नगरपालिका स्थित विराट होटलमा डिभिजन वन कार्यालय (गौतमबुद्ध) को आयोजनामा सम्पन्न भएको थियो ।