Connect with us
Kapilvast Forest

रहतावल वनको सचेतना कार्यक्रम सम्पन्न

२०८२, १३ बैशाख शनिबारमा प्रकाशित

पुनहरी घिमिरे-
कपिलवस्तुको रहतावल सामुदायिक वन उपभोक्ता समूहको वन व्यवस्थापन सम्बन्धी स्थलगत अवलोकन तथा सरोकारवालासँग सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय कपिलवस्तु गौतमबुद्धका डिभिजन प्रमुख राजु क्षेत्रीले सामुदायिक वनहरूको दीगो व्यवस्थापनमा उपभोक्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

वन संरक्षणमा समुदायकै अग्रसरता आवश्यक भएको र दीर्घकालीन सोचका साथ योजना निर्माण गर्नुपर्ने डिभिजन प्रमुख क्षेत्रीले दिनुभयो ।

कार्यक्रममा रहतावल सामुदायिक वनका अध्यक्ष यज्ञप्रसाद बेल्वासेले सहभागीहरूलाई वन संरक्षणका विधि, वन आगलागी रोकथाम, अवैध कटानी नियन्त्रण वन को प्रगतीको बरेमा प्रकश पार्नुभएको थियो ।

अध्यक्ष बेल्वासेले सहभागी सबैप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी वन संरक्षण अभियान सञ्चालन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

सचेतना कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोवी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा विभिन्न सरोकारवाला निकाय,स्थानीय सरकार र संघसंस्थाका प्रतिनिधिहरू पत्रकारहरुकोे उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj