Connect with us
Kapilvast Forest

गोटीहवाले जित्यो वडास्तीय क्रिकेट प्रतियोगीता

२०८२, १३ बैशाख शनिबारमा प्रकाशित

कपिलवस्तु –

कपिलवस्तु नगरपालिका वडा नम्बर ५ को डंगरीमा संपन्न प्रथम वडास्तरीय क्रिकेट प्रतियोगीता गोटीहवाले जितेको छ । दलदलाहालाई ८१ रनको फराकिलो अन्तरले हराउदै गाटीहवाले प्रतियोगीता जितेको हो । जितसंगै गोटीहवाले कप र नगद १५ हजार पाएको छ । यस्तै उप बिजेता दलदलाहाले उप बिजेता कप र नगद १० हजार पाएको छ । टस जितेर ब्याट्रिमा उत्रेको गाटीहवाले निर्धारित १२ ओभरमा ८ बिकेटका ेक्षतिमा १ सय ५७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको दलदलाहा ले सबै बिकेट गुमाउदै ७६ रनमा समेटिएको थियो ।

७० रन र ५ बिकेठ लिइका दलदलाहाका सुखीराम म्यान अफ द सिरिज घोषित भए । बिजेता खेलाडी र टिमलाई कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल वडाध्यक्ष दिरेप कुमार चौधरी, स्वास्थय चौकी प्रमुख रमेश शर्माले कप, नगद र प्रमाण पत्र प्रदान गरेका थिए । सो अवसरमा मेयर पौडेलले खेलकुद क्षेत्रलाई नगरपालिकाले प्राथमिकताकासाथ अघि बत्रढाएको बताए । उनले यही महिनाको तेश्रो साता तिर मेयर कप क्रिकेट संचालन हुने बताए ।

उनले खेल र खेलाडीको विकासकालागि ४ वटै तहका सरकारले लगनी बढाउनु पर्ने बताए । अहिले क्रिकेटको क्रेज बढकोले आफनो प्रतिभाको विकास गर्न उनले युवाहरुलाई आग्रह गरे । सो अवसरमा वडाध्यक्ष चौधरीले युवाहरुको आग्रह अनुसार आफुले यस बर्ष देखि वडामा प्रतियोगीता शुभाम्भ गरेको बताए । उनले यो खेलमा छनौट भएका खेलाडीहरुले नगरस्तीय क्रिकेट प्रतियोगीतामा सहभागी हुने बताए । प्रतियोगीतामा ७ टोली सहभागी थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu