Connect with us
Kapilvast Forest

आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप,१५ जना घाइते, सिभिलमा उपचार गरिँदै

२०८२, १४ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं –

आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १५ जना घाइते भएका छन् ।बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ ।

शिक्षक महासंघ महासचिव तुलाबहादुर थापाले गम्भीर घाइते भएकालाई ट्रमामा लैजान लागिएको बताए ।‘अहिले घाइते शिक्षकहरूलाई सिभिलमा ल्याएका छौँ । जटिल भएकालाई यहाँबाट ट्रमा लैजाने तयारी भइरहेको छ,’ उनले भने ।प्रहरी र शिक्षकबीच बानेश्वरमा झडप भएको थियो । झडपका क्रममा १५ जना बढी शिक्षक घाइते भएका छन् । घाइतेहरूको विवरण संकल गर्ने काम भइरहेको छ । गत २० चैतदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu