Connect with us
Kapilvast Forest

शिक्षकहरूलाई पार्टी सदस्यता त्याग्न रास्वपा सांसद सुमनाको आग्रह

२०८२, १४ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं –

रास्वपा सांसद एवं पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई आग्रह गरेकी छिन् ।शिक्षकको आत्मसम्मानमा लागेको चोटलाई सम्झेर भए पनि पार्टीको सदस्यता त्याग्न उनले आग्रह गरेकी हुन् ।‘यत्रो दिन आन्दोलनरत रहँदा समेत तपाईंहरूसँग राम्ररी न वार्ता गर्न सक्ने, न त तथ्यगत आधारमा वार्ता गर्न सक्ने, तपाईंहरूको आत्मसम्मानमा लागेको चोटलाई पनि सम्झेर अब त मनन गर्नुहोस्, यो तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस् ।

अब पनि तपाईंहरूले सत्य र न्यायको पक्ष लिनुहुन्छ भने पार्टीको सदस्यता त्यागिदिनुहोस्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।दलहरूबाटै शिक्षकलाई दमन भएको उनको टिप्प्णी छ । ‘जो नेताहरूलाई तपाईंहरूले बुईंमा चढाई–चढाई सबैतिर पुर्‍याउनुभयो, आज उहाँहरूले तपाईंहरूमाथि गरेको दमनले वहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला,’ श्रेष्ठले भनेकी छिन् ।आइतबार शिक्षकहरूको आन्दोलमा प्रहरीले पानीको फोहरा र लाठी चार्ज गरेपछि समुनाले दलको सदस्यता त्याग्न आग्रह गरेकी हुन् ।

‘सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि, तपाईंहरूलाई कसरी हेरिन्छ — अब त बुझ्नुस् ।’ उनले भनेकी छन्, ‘पहिले देशको व्यवस्था परिवर्तन गर्न तपाईंहरूले विभिन्न काल खण्डमा योगदान दिनुभयो । तपाईहरूले व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न भने हामी अहिलेसम्म असफल देखिएका छौं । अब यो संस्कार परिवर्तन गर्न तपाईंहरू पनि सामेल हुनुस् ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu