आईपीएल क्रिकेटमा आज गुजरात र राजस्थान खेल्दै

काठमाण्डौ –
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ । यो खेल जयपुरमा बेलुका पौने ८ बजे शुरु हुनेछ । गुजरात आठ खेलमा १२ अङ्कसहित दोश्रो स्थानमा छ ।
नौ खेलमा चार अङ्कसहित तालिकाको पुछारबाट दोश्रो स्थानमा छ ।हिजो भएका खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले दिल्ली क्यापिटल्सलाई छ विकेटले र मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएको छ ।

