Connect with us
Kapilvast Forest

संखुवासभामा चराउन लगेका १७ भैँसीको चट्याङले लियो ज्यान

२०८२, १५ बैशाख सोमबारमा प्रकाशित

संखुवासभा  –

संखुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैंसी मरेका छन् ।वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जंगल लगिएका भैंसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैंसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताए ।

प्रहरीका अनुसार चट्याङ लागेर भैंसी मर्दा १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली सोमबार घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पदैल दुरीमा पर्दछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu