Connect with us
Kapilvast Forest

वार्ता सकारात्मक भए पनि शिक्षकको प्रदर्शन जारी

२०८२, १६ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं-

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएका शिक्षकहरू आज पनि प्रदर्शन गरेका छन् ।शैक्षिक हड्ताल गरेर काठमाडौं आएका शिक्षकहरूले माइतीघर(बबरमहत हुँदै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।शिक्षक र सरकारबीच सोमबार राति भएको वार्ता सकारात्मक बनेको थियो । सोमबारको वार्ता फेरि बस्ने गरी सकिएको थियो ।

शिक्षकहरूले भने सहमति नहुँदासम्म सडकमा प्रदर्शन जारी राख्ने बताउँदै आएका छन् । सोही अनुसार आज पनि उनीहरू प्रदर्शनमा उत्रिएका हसन् ।शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।

यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu