Connect with us
Kapilvast Forest

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२०८२, १९ बैशाख शुक्रबारमा प्रकाशित

कपिलवस्तु — कपिलवस्तुको सदरमुकाम तौलिहवाको केन्द्रमा अवस्थित शैक्षिक संस्था कपिलवस्तु बहुमुखी क्याम्पसको सञ्चालन समिति अध्यक्ष पदका लागि सच्चिदानन्द त्रिपाठीले उम्मेदवारी घोषणा गरेका छन । शुद्धोधन गाउँपालिका–१ मा अवस्थित सन्‌लाइट इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका त्रिपाठीले यही वैशाख २७ गते हुने निर्वाचनका लागि हिजो क्याम्पसको बन्द सत्रमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन ।

करिब दुई दशकदेखि शैक्षिक क्षेत्रमा सक्रिय त्रिपाठीलाई एक प्राज्ञिक तथा अनुभवी शिक्षकमूलक व्यक्तित्वको रूपमा लिइन्छ । उनले विगतमा शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप नगर्नुपर्ने र संचालन समितिमा गैर–राजनीतिक, स्वच्छ छविका व्यक्तिहरू आउनु पर्ने धारणा राख्दै आएका छन ।

बन्द सत्रमा बोल्दै त्रिपाठीले आफ्नो विद्यालय अवलोकन गर्न आग्रह गर्दै, “शैक्षिक संस्था कसरी व्यवस्थित र कुशल ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने नमुना मैले प्रस्तुत गरिसकेको छु,” भने ।

उम्मेदवारीको घोषणा गर्दै उनले क्याम्पसमा प्राविधिक शिक्षा सुरु गर्ने, जसले गर्दा स्थानीय विद्यार्थीहरूलाई बाहिर जानु नपरोस् भन्ने आशय व्यक्त गरे । साथै, क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी तथा पदाधिकारीहरूको नियमित मासिक तलबको व्यवस्था मिलाउने उनले प्रतिवद्धता जनाए ।

सार्वजनिक शिक्षामा महंगीको कारण दलित, जनजाति, गरिब समुदायका किशोर–किशोरीहरू पढ्न बाध्य हुनु दु:खद रहेको भन्दै उनले न्यून शुल्कमा शिक्षाको पहुँच विस्तार गर्ने, बाह्य जिल्लाबाट पनि विद्यार्थी तान्ने गरी क्याम्पसलाई आकर्षणको केन्द्र बनाउने लक्ष्य रहेको जानकारी गराए ।

त्रिपाठीको उम्मेदवारीले क्याम्पसमा नयाँ बहस र उत्साह थपिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu