कपिलवस्तुमा २ दिने मुटु तथा मृगौलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आजबट सुरु
पुनहरी घिमिरे कपिलवस्तु
कपिलवस्तुमा २ दिने मुटु तथा मृगौलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आजबट सुरु भएको छ । कृष्णनगर नगरपालिकाको आयोजनामा जिल्लाको शिवराज अस्पताल बहादुरगन्जमा मुटु तथा मृगौलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा मुटु र मृगौलासम्बन्धी विविध स्वास्थ्य सेवा परामर्श, ईसीजी, इको कार्डियोग्राफी, रक्त परीक्षण तथा आवश्यक औषधिसमेत वितरण गरिएको थियो ।
आज एक कार्यक्रमका बिच पुर्व सांसद अभिशेक प्रताप साहल पानसमा दिप बालेर कार्यक्रमको उद्यघाटन गर्नुभएको थियो । शिविरबारे साहले शिविर सञ्चालनको लागी पटकपटक अनुरोध गरेपछी सम्भव भएको उहाँको भनाई छ । यस क्षेत्रमा धेरैनै डायबिटीज , मुटु र मृगौलासम्बन्धी समस्या देखिएकोले शिविर सञ्चालन गरएको बतउनुभयो । कुनै ठुलो समस्या देखीए बुटवल, भैरहवा वा भारत नै जानुपर्ने हुँद यस्ता शिविरले गर्दा आम नागरीकले प्रतक्ष्य रुपमा आफनो गाँउमा नै सेवा लिन सक्ने हुँद आर्थिक अवस्था कम भएकाले पनि सुबिधा लिन सक्ने उहँको भनाई छ ।
यस्तै कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले स्वास्थ्य नागरिक नै समृद्ध नगरको आधार हो भन्ने विश्वासका साथ हामीले यस्तो खालको स्वास्थ्य शिविर सञ्चालन गरेका हौं । विशेषगरी मुटु र मृगौला जस्ता जटिल रोगहरूको पहिचान र उपचारका लागि यो शिविर लाभदायी हुने उहाँको भनाई छ । नगरवासी प्रतेक नागरीकलाई सेवा दिने नगरपलिकाको उदेश्य रहेको उहाँको भनाई छ । यहाँ आउने प्रत्येक बिरामीको प्रारम्भिक जाँच, रिर्पाेट परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण निःशुल्क गरिएको छ । ग्रामीण क्षेत्रमा यस्ता सेवा पु¥याउनु नै हाम्रो उद्देश्य हो ।” शाहले भन्नुभयो ।
शिवराज अस्पतालका फोकल पर्सन डा. दुर्गेलाल चौधरीले भन यो शिविर विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोलीले सञ्चालन गर्नेहुँदा यहाँका बसिन्दाले प्रतक्ष्य रुपमा सहजै सेवा लिएको बताउनुभयो ।
शिविरमा कृष्णनगर नगरपालिकाको आयोजना रहेको छ भने प्राविधिक सहयोग काठमाडौंस्थित क्बखभ त्जभ ज्भबचत – मुटु जोगाऔँ अभियान, महाराजगञ्ज मेडिकल क्याम्पस अन्तर्गत त्रिवि शिक्षण अस्पतालको मृगौला तथा प्रत्यारोपण विभाग, र नेपाल कार्डियो डाइबिटिज एण्ड थाइराइड सेन्टर, बुढानीलकण्ठले प्रदान गरेका छन्।